निक्कै दवावमा राखेको आयोजकले पहिलो सेट १७–२५ मा जितेको थियो भने, अन्यमा २४–२६, २३–२५ र २१–२५ को अन्तरमा कृष्ण माविले जित हाँसिल गरेको हो । २२ समूहले भाग लिएको प्रतियोगितामा गाविसको कार्यालय छोरम्बुलाई हराउँदै सशस्त्र प्रहरी बल हलेसी गुल्म दिक्तेल तेस्रो र गाविसको कार्यालय छोरम्बु सान्त्वना भएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहले क्रमशः नगद २० हजार, १५ हजार, दश हजार र पाँच हजारको साथमा शिल्ड, मेडल र प्रमाण–पत्र हात पारेका छन् । प्रतियोगितामा कृष्ण मावि सिम्पानीका लोकेन्द्र प्रधान उत्कृष्ट घोषित भएका छन् भने, अनुशासित खेलाडिमा हलेसी गुल्मका रमेश राई घोषित भएका छन् ।
विद्यालयको ६० औं वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको नृत्य प्रतियोगितामा छोरम्बुकी रमिला तामाङ पहिलो, बतासेकी अस्मिता राई दोश्रो, आख्रेडाँडागाउँकी पूर्णीमा राई र यस्बिना राई तेस्रो भएका छन् । विजयीहरुले क्रमशः नगद एक हजार, सात र पाँच सयको साथमा प्रमाण–पत्र प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रम आयोजक समितिका संयोजक ईन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।
सभाषद विशाल भट्टराईले उद्घाटन गर्नुभएको प्रतियोगितामा विजयीहरुलाई खेलकुद विकास समितिका अध्यक्ष विनोद उदासले पुरस्कार प्रदान गर्नुभएको थियो । रनिङ शिल्ड प्रतियोगिताको आठौं संस्करण आयोजक शान्ति निकेतन माविले जितेको थियो ।
सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक तथा विद्यालयका संरक्षक सनतकुमार बस्नेतको समेत उपस्थितिमा भएको कार्यक्रममा नेपाली कांग्रेसका सदस्य प्रेमकुमार राई, नेकपा एमालेका सचिव रामप्रसाद दंगाल, एकीकृत नेकपा माओवादीका उदाध्यक्ष निर्मल लामा, राप्रपा नेपालका अध्यक्ष जीवनकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष ललितकुमार राई, संघीय समाजवादी पार्टीका सदस्य नविनकिशोर राई, खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष तुलसी खम्बु, नेपाल कम्युटिष्ट पार्टीका अध्यक्ष श्याम राई, प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा, कार्यालय प्रमुख, सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारी सेवाबाट अवकास प्राप्त सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्ष बस्नेतले समाज रुपान्तरणको क्षेत्रमा खेल्नुभएको भूमिकाको उच्च मूल्याङ्कन गर्नुपर्ने बताएका छन् । बस्नेतले आफ्ना मृतक आमाबाबुको नाममा उक्त विद्यालय सञ्चालन गर्नुभएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा राजनीतिक दल विजयी भएको थियो । कर्मचारी र राजनीतिक दलबीच भएको उद्घाटन खेलमा २२–२५ को अन्तरमा राजनीतिक दलले विजयी हासिल गरेको हो ।