कात्तिक ३० । खोटाङको सक्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दुई करोडभन्दा बढि निक्षेप संकलन गरेको छ ।

बाह्र वर्षअघि स्थापना भएको सहकारी संस्थाले आर्थिक वर्ष २०७०/०७१ सम्ममा दुई करोड २१ लाख ३२ हजार आठ सय २२ रुपैयाँ निक्षेप संकलन गरेको हो ।

सक्रिय बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारणसभा । 

सदरमुकाम दिक्तेलको समिक्षालय हलमा शुक्रबार आयोजित चौधौँ साधारणसभाको अवसरमा सहकारीले सो आर्थिक वर्षमा कुल चार करोड दुई लाख ३९ हजार तीन सय २० रुपैयाँको आर्थिक कारोबार गरेको जानकारी दिएको छ । व्यक्ति–व्यक्तिको पुँजीलाई एक ठाउँमा जम्मा गरी आर्थिक विकास गर्ने उद्देश्यले स्थापना गरिएको सहकारी संस्थाले गत असार मसान्तसम्ममा दुई करोड ५६ लाख ३२ हजार एक सय १७ रुपैयाँ ऋण लगानी गरेको संस्थाका व्यवस्थापक युधिर शाक्यले जानकारी दिनुभयो ।

हाल दैनिक एक लाख २० हजार निक्षेप संकलन गर्दैआएको सहकारीको कोषमा ६२ लाख ४२ हजार आठ सय ६० रुपैयाँ रहेको शाक्यले बताउनुभयो । साधारणसभामा अनुमानित १३ करोड ५३ लाख सात हजार पाँच सय आय र १३ करोड ४७ लाख ४५ हजार एक सय बराबरको व्याय प्रस्तुत गरिएको छ । २०५८ सालमा सदरमुकाम दिक्तेलका ५३ जना युवाको क्रियासिलतामा शुरु गरिएको संस्थाले हाल व्यपारिक, साना उद्योग, कृषि, रोजगार तथा विद्युतीय उर्जा लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।

हाल दुई सय ४८ शेयर सदस्य पुगेको संस्थाको निक्षेपकर्ताको संख्या नौं सय ५९ पुगेको जानकारी दिइएको छ ।