खोटाङ, मंसिर २ । खोटाङमा बिरामीको उपचार गर्न जाँदा आफै बिरामी परेका अहेवको ज्यान गएको छ ।
बिरामीको उपचारका लागि रतन्छा–२ मबु पुगेपछि सिकिस्त बिरामी परेर फर्किएका रतन्छा स्वास्थ्यचौकीका अहेव रामदत्त राईको मंगलबार बिहान ज्यान गएको हो ।
आईतबार साँझ बिरामी परेपछि बोकेर घर ल्याइएका रतन्छा–५ का ५७ वर्षीय अहेवको बिहान तीन बजे ज्यान गएको आफन्तले बताएका छन् । उपचारका लागि मंगलबार अन्यत्र लैजाने तयारी गरिएका अहेव मंगलबार बिहान चर्पी छेउमा मृत भेटिएको परिवारलाई उदृत गर्दै स्वास्थ्यचौकी रतन्छाका प्रमुख शुभनारायण यादवले बताउनु भयो ।
पेट सुन्निने, श्वास फेर्न गा¥हो हुने, खकारमा रगत देखिएका अहेव राईको ‘फोक्सो’को समस्याका कारण ज्यान गएको अनुमान गरिएको सिनियर अहेव यादवले बताउनुभयो । स्थानीयले भने ‘प्रेसर’को समस्याका कारण राईको मृत्यु भएको अनुमान गरेका छन् ।