मंसिर ७ । कल्याणकारी अक्षयकोष स्थापनाका लागि खोटाङमा नेपाल निजामती कर्मचारी युनियनले भाग्यशाली उपहार कार्यक्रम गरेको छ ।

निजामती कर्मचारीको आर्थिक बिपद व्यवस्थापनका लागि आवश्यक अक्षयकोष स्थापना गर्न कर्मचारी युनियनले उपहार कार्यक्रम गरेको हो । एक लाखबाट सुरु गरिने अक्षयकोष दैबी विपत्तीमा परेका जिल्लाका कर्मचारीको सहयोगका लागि उपयोग गरिने नेपाल निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष तयन्द्र राईले जानकारी दिए ।

कर्मचारीको हितमा अक्षयकोष स्थापना गर्ने यूनियन मुलुककै पहिलो कर्मचारी संगठन भएको अध्यक्ष राईले दाबी गरे । विपदको बेला सापटीकारुपमा उपयोग गरिने तर कहिल्यै नमासिने अक्षयकोष तल्ला तहका कर्मचारीलाई बढि लक्षीत गरिने युनियनले जनाएको छ । सुरुमा एक लाखबाट सुरु गरिने अक्षयकोषलाई क्रमशः बढाउँदै लगिने अध्यक्ष राईले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ शाखाको रोहबरमा शनिबार खोलिएको भाग्यशाली उपहार योजनाको पहिलो पुरस्कार साउनेचौँरकी लक्ष्मी लुइटेलले पाएकी छन् । लुइटेलले प्रथम पुरस्कारबापत एक थान ‘रंगीन टिभी र डिस होमको छाता’ हात पारेकी छन् । यस्तै, दोश्रो स्थान प्राप्त गर्ने खिदिमाका गौतम राईले एक थान ‘कलर्स’ मोबाईल र तेश्रो स्थान प्राप्त गर्ने राखाबांदेलका रिट्ठाबहादुर दाहाल र सोलुका एक ग्राहकले ‘किबी’ मोबाइल पाएका छन् ।

भाग्यशाली उपहार योजना अन्तरगत राखाका रमेश दाहाल, ओखलढुंगाकी हरिमायाँ श्रेष्ठ, दिक्तेलका नवराज खतिवडा, लामीडाँडाकी हिमा कार्की, ते¥हथुमका सुरेशकुमार निरौला, च्यास्मीटारका सुनलक्षी राई र बाक्सिलाका लिलाबहादुर अधिकारीले चौथो पुरस्कार स्वरुप राइसकुकुर हात पारेका छन् । यसैगरी, दिक्तेलका दिपचन घिमिरे, लिलाकुमारी आचार्य, भोजपुरका प्रेमकुमार राई, बतासेका नारायण राई, सछितापोखरीका ध्रुब पाण्डे, च्यास्मीटारकी झरना राई, पौवासेराका मनोरथ कोइराला र बाहुनीडाँडाका सुमन राईले शान्त्वना पुरस्कार स्वरुप एक–एक थान आइरन पाएका छन् ।

कांग्रेस महासमिति सदस्य अटलशेर राईको प्रमुख आतिथ्य एबं नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष दमन राईको बिशेष आतिथ्यमा भएको कार्यक्रममा युनियनका केन्द्रीय सदस्य जेपी राई, कांग्रेस खोटाङका स्थायी आमन्त्रित सदस्य मनोज तिमिल्सिना, राजन शैंजू र भरतराज पोखरेल, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष बिमला राई, प्रेस युनियनका सभापति दिलीप खत्री लगायतले बोलेका थिए ।