काठमाडौं १२ साउन । सरकारले खोटाङका टीकाबहादुर राईका परिवारलाई एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
मन्त्रीपरिषदको १० साउनमा बसेको बैठकले राईको परिवारसहित सिन्धुपाल्चोकका राजकुमार तामाङ, मधु ताजपुरियालाई प्रति व्यक्ति १ लाख ५० हजारका दरले उपलब्ध गराउने निर्णय गरेको हो ।
राष्ट्रिय मानवअधिकार आयोगले अज्ञात अवस्थाका तथा मृतकका हकदारहरूलाई क्षतिपूर्ति निर्धारण गरी क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन गरेबमोजिम सरकारले यस्तो निर्णय गरेको हो ।