मंसिर–२४, अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) खोटाङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ । मानव अधिकार रक्षक सम्बन्ध संयुक्त राष्ट्र संघका विशेष समाधीक्षकलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्न दबाब दिने उद्देश्यले प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटामार्फत प्रधानमन्त्री सुशिल कोईरालालाई ज्ञापन–पत्र बुझाएको हो ।
ईन्सेकले विश्व मानव अधिकार दिवसको पूर्वसन्ध्यामा बुधबार प्रमुख जिल्ला अधिकारी सापकोटाको कार्यकक्षमा गएर ज्ञापन–पत्र बुझाएको हो । ईन्सेक प्रतिनिधि डिएम चाम्लिङले भन्नुभयो, ‘नेपाल संयुक्त राष्ट्र संघको सदस्य भएको नाताले पारित गरिएका घोषणा–पत्रको पक्ष राष्ट्र भए पनि नेपालमा मानव अधिकार रक्षकहरु पेशागत कामको शिलशिलामा जोखिममा पर्ने क्रम बढिरहेको हुँदा समाधिक्षक माइकल फोस्र्टलाई नेपाल भ्रमणको लागि आमन्त्रण गर्न दबाब पु¥याउने उद्देश्यले ज्ञापन–पत्र बुझाइएको हो ।’
ज्ञापन–पत्र बुझ्नु हुँदै प्रमुख जिल्ला अधिकारी सापकोटाले इन्सेकले बुझाएको ज्ञापन–पत्र आजै मन्त्रालयमा पठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ईन्सेकले जिल्लास्थित पत्रकार, राजनीतिक दलका प्रतिनिधि, गैसस कर्मी लगायतको उपस्थितिमा ज्ञापन–पत्र बुझाएको हो ।