आत्मसमिक्षा गर्दै आ–आफ्नोतर्फबाट भएका कमीकमजोरीलाई स्वीकार गर्दै आगामी दिनमा जिल्लाको बिकास निर्माणका सवालमा एकजुट हुने प्रतिबद्धताकासाथमा दलबीचको अन्तरद्धन्द्ध समाधान गरिएको एमाओबादी खोटाङका सचिव दुर्गाजयन्ती राईले जानकारी दिनुभयो ।
भौतिक सुधार अन्तरगतका ९ वटा ४ कोठे र ४२ वटा २ कोठे भवन बितरणमा कुरा नमिलेपछि कांग्रेस, एमाओबादी, राप्रपा नेपाल, राप्रपा, संघीय समाजबादी, नेपाल कम्यूनिष्ट पार्टी लगायतका नौ दल एकातिर र एमाले अर्कातिर बाँडिएका थिए । आ–आफुले प्रस्ताब गरेको विद्यालयलाई भवन नपरेपछि उनीहरुबीचको बिवाद चुलिएको थियो । ‘हामीले लामो समयसम्म छलफल ग¥यौँ, कसको, कहाँ, के कमजोरी भयो भनेर गहिराइसम्म समिक्षा र आत्मसमिक्षा ग¥यौँ,’ पुर्वसभाषद रहेकी राईले भन्नुभयो, ‘अन्तमा आ–आफ्नो कमजोरीलाई स्वीकार गर्दै धमिलिएको सम्बन्धलाई सुधार गर्ने प्रतिबद्धता गरेका छौँ ।’ सहमतीपछि पुःन जिल्लाको बिकास निर्माणका लागि सबै दल एकजुट बनेर अघि बढ्ने उनीहरुले बताएका छन् ।
आफुहरुबीचको असमझदारीका कारण जिल्लाको बिकास निर्माणमा बाधा पूगेको निश्कर्ष सहित दलहरुले आगामी दिनमा सहमती र सहकार्यकासाथ अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् । दलीय सहमतीले जिल्लामा अन्यौलमा परिरहेको स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना (एसएएलजीपी) सञ्चालनका लागि बाटो खुलेको छ ।
शिक्षाको भवन वितरणको निहुबाट सुरु भएको दलहरुको अन्तरद्धन्द्धका कारण स्वीस सरकारको सहयोगमा निर्माण गर्ने भनिएको कालापानी–खोटाङबजार सडक निर्माण, तावा खोला र साप्सु खोलाको पुल निर्माण लगायतका योजनामा अबरोध सिर्जना भएको थियो । उनीहरुको बिवादकै कारण एसबिएलएल कार्यक्रमको बजेट समेत रोकिएको छ ।