पुष–१९, पहिचान सहितको संबिधान निर्माणपक्षमा खोटाङका संघीय पक्षधर दलहरुले दवावमुलक जुलुस निकालेका छन् । एमाओबादी, संघीय समाजबादी, खम्बुवान राष्ट्रिय मोर्चा र नेपाल कम्यूनिष्ट पार्टीले शनिबार सदरमुकाम दिक्तेलमा पहिचानसहितको संबिधान निर्माणपक्षमा दवावमुलक जुलुस निकालेका हुन् । 
आ–आफ्नो पार्टी कार्यालयबाट सुरु भएको ¥याली हेलीप्याडमा भेला भएर सदरमुकामको रत्नपार्कदेखि हाटडाँडा हुँदै त्रिबेणीचोकमा फर्किएर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने नेताहरुले ‘पहिचान सहितको संघीयता, संघीयता सहितको संबिधान’को बिकल्प नभएकोमा जोड दिएका छन् । 
पहिचान सहितको संबिधान निर्माणका लागि खोटाङका संघीय पक्षधर दलहरुले दिक्तेलमा निकालेको दवाव जुलुस । 
उनीहरुले कांग्रेस र एमालेका कारण मुलुकमा पहिचान सहितको संबिधान जारी नहुने खतरा बढ्दैगएको बताएका छन् । कोणसभामा एमाओबादीका केन्द्रीय सदस्य एबं पुर्वसभाषद रामकुमार राई ‘पासाङ’, पुर्वसभाषद दुर्गाजयन्ती राई, संघीय समाजबादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई, देबराज राई, नेपाल कम्यूनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य एबं पुर्वसांसद कुलप्रसाद फुयाँल, एमाओबादीका जिल्ला अध्यक्ष देवान किराती ‘पृथ्बी’, संघीय समाजबादी पार्टीका जिल्ला सचिव प्रेम राई, खम्बूवान राष्ट्रिय मोर्चाका अध्यक्ष तुलसी तिलुङ खम्बू र नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष श्यामकुमार राईले सम्बोधन गरेका थिए । 
पहिचान सहितको संघीयता र संघीयता सहितको संबिधान निर्माणका लागि दवाब सिर्जना गर्न एक ठाउँमा उभिएका ३० दलीय गठबन्धन अनुशार जिल्लाका चार दलले संयुक्त जुलुस, बन्द र हडतालसम्मका संघर्षका कार्यक्रम तयारी गरेका छन् । संघीय पक्षधर दलहरुले आगामी पुस–२७ गते किरात खम्बूवान, लिम्बूवान, मगरात र तमुवान राज्य बन्द गर्ने र माघ–५ गते आमहडताल गर्ने जानकारी दिएका छन् । जिल्लामा पहिचान सहितको संबिधान निर्माणका पक्षमा सञ्चालन गरिने आन्दोलन संयोजनको जिम्मा नेपाल कम्यूनिष्ट पार्टीले लिएको छ । 

दबाब