अनावरण गरिने शालिक तयार पारिसकिएको प्रतिष्ठानका अध्यक्ष भूपेन्द्र राईले बताउनु भयो । नेपाल शिक्षक संघ खोटाङका तत्कालिन अध्यक्ष रहेका प्रधानाध्यपक राईको २०५८ साल माघ–३ गते हत्या भएको थियो । चिसापानी उच्च माबिको प्रधानाध्यापक रहेका राईलाई तत्कालिन नेकपा माओबादीका कार्यकर्ताले विद्यालयबाट अपहरण गरी काहुले, डम्बर्खुशिवालय र चिसापानीको सिमामा पर्ने हुम्मापोखरीमा लगेर हत्या गरेको आफन्तको भनाई छ ।
किरात वर्कर्स पार्टीबाट नेकपा माओबादीमा प्रबेश गरेका कार्यकर्ताले राईको हत्या गरेका थिए । कार्यरत विद्यालय नजिक राखिएको राईको समाधिस्थल महिना दिनपछि उत्खनन गरी चिसापानीको बिपीचोकमा लगेर जलाइएको घटना सहस्यमय रहेको अध्यक्ष राईले बताउनु भयो । द्धन्द्ध कालमा मारिएका शिक्षकका परिवारले हालसम्म क्षतीपुर्ती नपाएको प्रतिष्ठानका सह–सचिव बाजिन्द्र बिष्टले बताउनु भयो ।
प्रतिष्ठानले मृतक राईलाई शहिद घोषणाको माग गर्दैआएका छन् । प्रष्ठिानले राजधानीको डिल्लीबजारमा शनिबार मृतक राईको सम्झनामा अन्तरक्रीया गरेको छ । मृतक शिक्षकको सम्मानमा नेपाली कांग्रेसले केही हप्ता अघि खोटाङ १२ नम्बर इलाकालाई हर्कबहादुर राई स्मृति इलाका घोषणा गरिसकेको छ ।