माघ–१९, आगलागीबाट वन जोगाउन खोटाङको डिकुवा–४ स्थित सदावहार लाली गुराँस सामुदायिक वनमा अग्नीरेखा हालिएको छ । उपभोक्ता समितिको सक्रियतामा तीन दिन लगाएर दुई सय १८ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनमा अग्नीरेखा हालिएको हो ।
हिउँदको समयमा हुनसक्ने आगलागीबाट जोगाउन ८६ घर उपभोक्ता रहेको उक्त सामुदायिक वन वरिपरी अग्नीरेखा हालिएको वन समूहका अध्यक्ष तीर्थराज खड्काले जानकारी दिनुभयो । प्रत्येक घरका एक–एक जना उपभोक्ता भेला भएर सामुदायिक वनको वरिपरी चार मिटरको रेखा हालिएको अध्यक्ष खड्काको भनाइ छ । 
२०६८ सालबाट सामुदायिक बनाइएको उक्त वनमा बहुमुल्य जडिबुटी, वन्यजन्तु, वनस्पती, रुखबिरुवा पाइन्छ । संरक्षण अभावमा उजाड हुँदै गएको उक्त वन सामुदायिक बनाइएपछि घना जङ्गल बन्दै गएको छ ।