माघ–१९, खोटाङमा पहिलोपल्ट महिला उद्यमी संगठित भएका छन् । जिल्लाका बिभिन्न स्थानमा बसेर उद्यम र व्यवसाय सञ्चालन गरिरहेका महिलालाई संगठीत गर्दै उनीहरुको उद्योगको बिकास र प्रबद्र्धन गर्नकालागि निर्मला थापा आचार्यको संयोजकत्वमा ११ सदस्यीय महिला उद्यमी संघ गठन गरिएको हो ।
खोटाङ उद्योग बाणिज्य संघको पहलमा गठन गरिएको संघको सह–संयोजकमा डिल्लीकुमारी आचार्य, सचिवमा पुर्णमायाँ तामाङ र कोषाध्यक्षमा रमा शाक्य चयन भएका छन् । महिला उद्यमीले सदरमुकाम दिक्तेलको त्रिबेणीचोकमा कृषि उपजको बजार प्रबद्र्धनका लागि कोसेली घर स्थापना गर्ने, खाँडीको कालो कपास बनाउने मेसिन सञ्चालन गर्ने तयारी गरेको सह–संयोजक डिल्लीकुमारी आचार्यले बताउनु भयो ।