
माघ–२३, खसी चोरेर बिक्री गर्ने खोटाङका एक युवा कारागार चलान भएका छन् । गत पौष २४ गते स्थानीयको खसी चोरेर बेच्ने हांैचुरका ३६ वर्र्षीया पदमबहादुर भुजेल कारागार चलान भएका हुन् ।
स्थानीय मनकुमार भुजेलको खसी चोरेर खार्पा–८ का प्रदिप पोखे्रलाई बेच्ने भुजेलले अदालतले मागेको धरौटी रकम तिर्न नसकेपछि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । उनलाई गत पौष २६ गते प्रहरीले पक्राउगरी मुद्दा चलाएको थियो ।