
माघ २९ । नेकपा एमाले खोटाङ काठमाडौं सम्पर्क मञ्चले प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आफ्नो गतिविधिलाई नियमित रुपमा अगाडि बढाउने क्रममा आगामी २ गते मिनभवन क्याम्पसको सभा हलमा प्रशिक्षण गरिने एमाले प्रचार विभाग खोटांगले जनाएको छ ।
मध्याह्न १२ बजेदेखि हुने प्रशिक्षणमा सहभागी हुन खोटांग काठमाडौं सम्पर्क मञ्चले सबै मञ्चका सदस्य, सल्लाहकार क्षेत्रीय मञ्चका कमरेडहरु लगायत नेता तथा कार्यकर्तालाई अनुरोध गरेको छ ।