खोटाङ, फागुन १७ । खोटाङको बाहुनीडाँडा–१ बयाक्तामा लघुजलबिद्युत आयोजनाबाट बिजुली बालिएको छ । गरिबी निवारण कोषको आर्थिक सहयोग तथा स्थानीयको श्रमदान गरी १९ लाख ३६ हजार ६९१ रुपैयाँको लागतमा स्थानीय यानुवा खोलाबाट विद्युत उत्पादन गरिएको हो ।
४ किलोवाट क्षमताको विद्युतले बाहुनीडाँडा बयाक्ताका २९ घर परिवार लाभान्बित भएका छन् ।
कोषले १४ लाख ५६ हजार ९५८ उपलव्ध गराएको लघुजलबिद्युत आयोजनाका लागि ४ लाख ७९ हजार ७३३ बराबरको श्रमदान जुटाइएको स्थानीय मातृका राईले जानकारी दिए ।
आयोजनाकालागि हलेसी बिकास मञ्चले प्राबिधिक सहयोग गरेको उपभोक्ता समितिले बताएको छ । लघुजलबिद्युत आयोजना शनिबार सभाषद पाँचकर्ण राई पिकेले उदघाटन गरेका छन् ।