

२०४६ सालमा स्थापना भएको स्कुलले मैत्रीपूर्ण फुटबल, अन्तरमाबि स्तरिय हाजिरीजवाफ, बिरामीलाई फलफूल बितरण, अन्तर माबि स्तरिय एकल नृत्य प्रतियोगीता, विज्ञान तथा चित्रकला प्रदर्शनी, सांगीतिक कार्यक्रम, संस्थापक प्रिन्सिपल तथा सञ्चालक समितिका पुर्व पदाधिकारी, कुशल अभिभाबकलाई सम्मान लगायतका कार्यक्रम गर्दै रजत जयन्ती मनाएको हो । गत फागुन–७ गतेदेखि मनाउन थालिएको रजत जयन्ती फागुन–१६ गते बृहत सांगीतिक कार्यक्रम गर्दै समापन गरिएको विद्यालयका सहायक प्रिन्सिपल ईन्द्र घिमिरेले बताए ।

सप्ताहव्यापी रजत जयन्तीको अवशरमा फागुन–७ गते प्रमुख जिल्ला अधिकारी–११ र उद्योग बाणिज्य संघबीच मैत्रीपूर्ण फुटबल प्रतियोगीता सञ्चालन गरिएको थियो । माटिकोरे खेलमैदानमा सञ्चालन गरिएको प्रतियोगीतामा प्रमुख जिल्ला अधिकारी–११ बिजयी भए । यस्तै, फागुन–८ गते सञ्चालन गरिएको अन्तरमाबि स्तरिय हाजिरीजवाफ प्रतियोगीतमा पञ्च माबि दिक्तेल प्रथम, रत्नराज्य लक्ष्मी माबि कुभिण्डे दोश्रो, कालिका माबि नेर्पा तेश्रो र ज्योती माबि राजापानी शान्त्वना भएका छन् । विद्यालयले फागुन–९ गते जिल्ला अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको थियो ।
यस्तै, फागुन–१४ गते अन्तर माबि स्तरिय एकल नृत्य प्रतियोगीता एबं विज्ञान तथा चित्रकला प्रदर्शनी गरिएको थियो । नृत्य प्रतियोगीतामा जगदम्बा माबि बुईपाकी छात्रा अंकिता राई प्रथम, विद्योदय निमाबि दोर्पाकी छात्रा प्रतिक्षा भुजेल दोश्रो, दिक्तेल इंलिस बोर्डिङ स्कुलकी छात्रा बिपना शेर्पा तेश्रो र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलकी रस्मिना राई शान्त्वना भइन् ।
फागुन–१५ गते आयोजना गरिएको रजत जयन्ती समारोह सभाषद बिशाल भट्टराईले उदघाटन गरेका थिए । रजत जयन्तीको अन्तिम दिन शनिबार प्रमोद खरेल, आशिष ताम्राकार, रजिना रिमाल, कुमार बिरही, भीमसेना राई, अमिता राई लगायतका राष्ट्रिय स्तरका कलाकारबाट सांगीतिक कार्यक्रम आयोजन गरिएको थियो ।
रजत जयन्तीको अवशरमा प्रदर्शनमा राखिएका विज्ञान, चित्रकला तथा हस्तकला प्रदर्शनीलाई दर्शकले उत्कसुकताका साथ अवलोकन गरेका थिए ।