
खोटाङ साउन–२५, युवतीलाई जर्वजस्ती करणी गर्न खोजेको आरोपमा खोटाङका एक ब्यक्ति पक्राउ परेका छन् । आफन्तको घरमा साथीहरुसँग सुतिरहेको अवस्थामा जिल्लाको १९ बर्षिया युवतीलाई जवरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीका ३७ वर्षीय पर्शुराम विष्ट पक्राउ परेका हुन् ।
युवतीलाई राती दुई बजे उठेर जबरजस्ती करणी गर्न खोजेको आरोपमा विष्टलाई सिम्पानी प्रहरीले पक्राउ गरेको थियो । युवती निदाएको अवस्थामा जर्बजस्ती प्रयास भएको र युवती चिच्याउँदा आफूहरुले थाहा पाएको युवतीका आफन्तले जनाएका छन् ।
पीडित पक्षले बुधबार आरोपितलाई जाहेरी दिएकोमा विष्टलाई जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी कानुनी कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका प्रहरी नायब निरीक्षक मनोज यादबले बताउनुभयो ।