
फागुन–२७, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको सभापतिमा पुन: कुमारसिं बस्नेत चयन भएका छन् । सोमबार र मंगलबार सदरमुकाम दिक्तेलमा २८ औं अधिबेसनबाट बस्नेत पुःन सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।
१३ सदस्यीय रेडक्रसको नयाँ कार्यसमितिमा भिमवहादुर सैंजु, भुवन श्रेष्ठ, विमल खड्का, डिकप्रसाद फुयाँल, उर्मिला दाहाल, छत्रकुमार वजिमय, ज्ञानेन्द्र जोशी, पदमवहादुर तामाङ, कृष्णप्रसाद आचार्य, नवराज केशी, गणेश राई र लीलावहादुर खत्री सदस्य छानिएका छन् । अधिबेसनले आर्थिक वर्ष २०७२÷०७३ को कार्यक्रम सहित १ करोड ३ लाखको प्रस्तावित वजेट अनुमोदन गरेको छ ।
आफ्ना गतिविधिलाई सवल र प्रभावकारीरुपमा सञ्चालन गरेवापत उपशाखा वाँझेच्यानडाडा र शाखाको विकासमा निरन्तर सहयोग पु¥याएकीमा कर्मचारी लोकमायाँ थापालाई पुरस्कार सहित सम्मान गरिएको रेडक्रसले जनाएको छ ।
अधिबेसन उदघाटन कार्यक्रम जिल्ला न्यायधिस ईश्वरीप्रसाद गौतमको प्रमुख आतिथ्य, प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा र रेडक्रस उदयपुरका सभापति विनोदकुमार वस्नेतको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।