फागुन–२७, बसको ठक्करबाट ज्यान गुमाएका खोटाङ बुईपा–६ छापगाउँका गोबरदास राईको १२ दिनपछि दाहसंस्कारको तयारी गरिएको छ । गत फागुन–१७ गते काठ्माण्डौंबाट खोटाङ जाँदै गरेको बा २ ख ९४५५ नम्बरको बसको ठक्करबाट सिन्धुलीमा ज्यान गुमाएका ५५ वर्षीय राईको दुई हप्ता बित्न लाग्दा दाहसंस्कारको तयारी गरिएको हो । 
किरात राई यायोक्खाको कार्यालय कोटेश्वर काठ्माण्डौंमा बुधबार साँझ पिडित परिवार र यातायात व्यवसायी संघबीच कानून अनुशारको क्षतीपुर्ती दिने र लिने सहमती भएपछि मृतकको दाहसंस्कार गर्ने तयारी गरिएको खोटाङ सेवा समाज काठ्माण्डौंका अध्यक्ष राकेश राईले बताउनु भयो । पिसाव फेर्न बसबाट ओर्लिएका बेला सोही बसको ठक्करबाट गम्भीर घाइते बनेका राईको उपचारकाक्रममा सिन्धुलीमा मृत्यु भएको थियो । उनलाई ब्याक गर्नेक्रममा आफै चढेको बसले सडकमै किचेको आफन्तले बताएका छन् । घटनापछि दुबईबाट आएकी मृतककी श्रीमती र यातायात व्यवसायी संघबीच उचित क्षतपुर्ती लिनेदिने सहमती भएको संघका अञ्चल सदस्य बुद्धिबिनोद लुइटेलले बताउनु भयो ।
खोटाङ सेवा समाज काठ्माण्डौंको रोहबरमा मृतक र यातायात व्यवसायी संघबीच सम्झौता भएको हो । सिन्धुलीबाट पाटन अस्पताल लगेर राखिएको शवलाई बिहिबार गाउँ लगेर सदगद गर्ने तयारी गरिएको समाजका अध्यक्ष राईले जानकारी दिनुभयो ।