
फागुन–३०, खोटाङको सुन्तले र चिप्रिङ गाबिसलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । सुन्तले गाविसका ४२९ र चिप्रिङका २४९ घरपरिवारमा वाटरशील चर्पीको निर्माण भएपछि दुवै गाबिसलाई शुक्रबार खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।
सभाषद बिशाल भट्टराईको प्रमुख आतिथ्यमा सुन्तले गाविसलाई जिल्लाको २२ औं र प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले प्रमुख आतिथ्यमा चिप्रिङ गाविसलाई जिल्लाको २१ औं खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका हुन् । स्थानीय समुदायको सक्रियतामा शौचालय निर्माण गरिएपछि दुवै गाविसलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।
सुन्तले गाविसमा भएको कार्यक्रममा खानेपानी सरसफाई सव–डिभिजन कार्यालय खोटाङका प्रमुख इन्जिनियर देबेन्द्रकुमार झा, नेपाली कांग्रेसका सालिकराम बन्जरा, एमालेका रामप्रसाद दंगाल, एमाओवादीका चन्द्रमणी राई, खम्बुवानका तुलसी खम्बु, नेकपा–माओवादीका इन्द्रप्रसाद दंगाल, गैरसरकारी संस्था महासंघका अध्यक्ष दिपनाराण रिजाल, नेपाल पत्रकार महासंघ खोटाङका सहसचिव केदार मगरलगायतको उपस्थितिमा खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको गाविस सचिव खगेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
यस्तै चिप्रिङ गाविसलाई खुला दिशामुक्तसहित घरभित्रको धुवाँरहित तथा साक्षरता गाविस पनि घोषणा गरिएको गाविस सचिव बोलनाथ आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष बबि चाम्लिङ, एमाओवादीका जिल्ला अध्यक्ष देवान किराती“पृथ्वी”,बालसेवा समाजका युवराज रिजाललगायतको रिजाललगायतको उपस्थिति रहेको सचिव आचार्य भनाइछ ।

