चैत्र–२, खोटाङ जिल्लालाई चैत्र मसान्त भित्र खुला दिशामुक्त जिल्ला घोषणा गर्ने अभियान अन्र्तगत जिल्लाका दक्षिणी गाविसहरु ईन्द्रेणीपोखरी र मौवाबोटेलाई आज एकैसाथ खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।

स्थानियको सक्रियतामा दुवै गाविसमा वाटरशिल चर्फी निर्माण गरिएपछि ईन्दे्रणीपोखरीलाई जिल्लाको २४ औ र मौवाबोटेलाई २५ औ गाविसको रुपमा खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । घरभित्रको धुवामुक्त गाविसको रुपमा सातौ र पूर्ण साक्षरतायुक्तमा  छैटौ गाविसको रुपमा पनि ईन्दे्रणीपोखरी गाविसलाई घोषणा गरिएको छ । 
माननिय सभाषद बिशाल भट्टराईको प्रमुख आतिथ्यमा ईन्द्रेणीपोखरी गाविस र जिल्ला बिकास समितिका कार्यक्रम अधिकृत रविकरण आचार्यको प्रमुख अतिथ्यमा मौवाबोटे गाविसलाई एकैसाथ खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । सरकारी संस्था महाँसंघका अध्यक्ष दिपनारायण रिजाल नेपाल पत्रकार महासंघ साखा खोटाङका सहसचिव तथा जे वास सिसिका सदस्य केदार मगर गाविस सचिव बोलनाथ आचार्य  लगायतको उपस्थितिमा गाविसलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको समाजिक परिचालक मनकुमारी कार्कीले जानकारी दिनुभयो । 
यस्तै अभियान अन्तरगत ३ गते डम्बर्खुशिवालय ४ गते बोपुङ, ६ गते सिम्पानी र ७ गते खोटाङबजारलाई खुला दिसामुक्त घोषणा गर्ने जनाईएको छ ।