चैत्र–७, एकीकृत नेकपा माओबादीका कोषाध्यक्ष हरिबोल गजुरेलले संबिधानसभाबाट सहमतीमा संबिधान निर्माणको बिकल्प नभएको बताउनु भएको छ । एकीकृत नेकपा माओबादी खोटाङले शुक्रबार साँझ सदरमुकाम दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोषाध्यक्ष गजुरेलले सहमतीलाई छाडेर ‘प्रकृयाबाट संबिधान निर्माण गर्न खोज्नु मुर्खता’ मात्र हुने बताउनु भएको हो । नेता गजुरेलले कुनै न कुनै शक्तीलाई बाहिर राखेर संबिधान निर्माण सफल नहुने दाबी गर्नुभयो । 
‘सबैको सहमतीमा सबैलाई चित्त बुझ्दो संबिधान बनाउनु पर्छ,’ नेता गजुरेलले भन्नुभयो, ‘कुनैपनि शक्तीलाई बाहिर राखेर संबिधान निर्माण हुन सक्दैन ।’ कांग्रेस र एमालेले संबिधान निर्माणको ‘अपनत्व’ माओबादीलाई नदिने षडयन्त्र गरिरहेको उल्लेख गर्नुभयो । सहमतीमा संबिधान निर्माण नभए मुलुकमा संघर्ष थप चर्किदै जाने गजुरेलको भनाई थियो । ‘सहमतीमा संबिधान बनेन भने कांग्रेस एमालेको नेतृत्व नै संकटमा पर्छ,’ गजुरेलले थप्दै, ‘उनीहरुले बुद्धि पु¥याउन सक्नुपर्छ, संक्रमण बढाउने वा घटाउने कांग्रेस एमालेकै हातमा छ ।’ सहमतीका लागि कांग्रेस एमाले पनि लचक हुनुपर्ने उनले बताउनु भयो । प्रकृयामा गए संबिधानसभामा माओबादी त्यसको साक्षी बन्न नसक्ने गजुरेलले बताउनु भयो । 
अर्को प्रशंगमा नेता गजुरेलले जनआन्दोलनका उपलव्धी र एजेण्डालाई बचाइराख्नका लागि फुटेका माओबादीबीच एकताको प्रयास सुरु गरिएको बताउनु भयो । सत्यनिरुपण तथा मेलमिलाप आयोग बनेको सन्दर्भमा सर्बोच्चको फैसलापछि ‘सबै माओबादी नेता जेलमा जानुपर्छ’ भन्ने चिन्ता तथा शान्ति प्रकया धरापमा पर्नबाट जोगाउनुपर्ने बाध्यताले माओबादी जुट्नुपर्ने अवस्था आएको जनाउनु भयो । ‘शान्ति तथा संबिधान निर्माण प्रकृयामा नै अवरोध सिर्जना भएकाले माओबादीलाई मिल्नुपर्ने दवाव सिर्जना भएको हो,’ गजुरेलले भन्नुभयो, ‘अहिले माओबादीबीच एकताको आवश्यकता देखिएको छ, यद्यपी कार्यदिशाका बिषयमा बिवाद छ ।’ नयाँजनबादी पछिल्लो समय कांग्रेस–एमालेले पेलेका कारण माओबादीलाई मिल्नुपर्ने दवाव सिर्जना भएको उहाले बताउनु भयो । ‘राजाको पेलाइले दलहरु मिलेका थिए, कांग्रेस एमालेले पलेका कारण हामी मिल्नुपर्ने बाध्यता आएको छ,’ उहाले भन्नुभयो ।