
चैत–७, बालिकालाई बलात्कार गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा याम्खा–९ का १४ वर्षीय दिनेश बिश्वकर्मा पक्राउ परेका हुन् ।
बाबुआमा गाईबस्तु चराउन जंगल गएको बेलामा घरमा एक्ली बसिरहेकी बालिकालाई जबरजस्ती गरेको उजुरीका आधारमा बिश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक बिनोदराज खरेलले बताउनु भयो । महिला प्रहरीले गरेको सोधपुछका क्रममा बालिकाले काखमा राखेर आफूलाई ‘यौन दुव्र्यबहार’ गरेको बयान दिएकी डिएसपी खरेलले बताउनु भयो । बिश्वकर्मामाथि बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती गरेको आरोप छ।
प्रहरीचौकी याम्खाले शनिबार बिहान नियन्त्रणमा लिएको आरोपितलाई जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइँदै छ। प्रहरीका अनुशार बालिकाको स्वास्थ्य अवस्था सामान्य छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। “अस्पतालबाट बालिकाको मेडिकल रिपोर्ट आउँछ,” डिएसपी खरेलले भन्नुभयो, त्यो “रिपोर्टले नै यथार्थ कुराको पुष्टि गर्छ।”