चैत्र–१५, होटलहरुमा हुने यौनजन्य बिकृति नियन्त्रणका लागि प्रहरीले खोटाङ सदरमुकाम दिक्तेलका होटलहरुमा छड्के अनुगमन गरेको छ । सदरमुकाम दिक्तेलका होटलहरुमा यौनजन्य बिकृति बढ्न थालेको गुनासो आएपछि प्रहरीले आईतबार राती ८ बजे छड्के अनुगमन गरेको हो । 
यातायातको बिस्तारसँगै होटलहरुमा बिभिन्न बिकृति फैलिन थालेको जनगुनासोको आधारमा सदरमुकामका ७ होटलहरुमा आकस्मिक अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बिनोदराज खरेलले बताउनु भयो । बिकृति बिसंगती नियन्त्रणका लागि सचेतता स्वरुप होटलहरु अनुगमन गरिएको खरेलले जनाउनु भयो । ‘हामीलाई कम्प्लेन आएपछि होटलहरु अनुगमन गरिएको हो,’ प्रहरी नायब उपरिक्षक खरेलले भन्नुभयो, ‘होटलहरुमा गलत गतिबिधि नहोस भन्नकालागि अनुगमनलाई हामी निरन्तरता दिने छौँ ।’ 
प्रहरीले अनुगमन गरिएका सातै वटा होटलहरुको नाम सार्वजनिक गरेका छैनन् । प्रहरीले होटलहरुको नाम, होटलमा बास बसेका ग्राहकहरुको नाम, ठेगाना, पेशा, होटलमा भेटिएका युगल ग्राहकबीचको नाता लगायका बिषयमा जानकारी लिएको छ । अनुगमनकाक्रममा गलत गतिबिधि भएको नभेटिएको खरेलले बताउनु भयो ।