खोटाङ चैत्र २० । खोटाङको च्यास्मीटार–२ खानीगाउँलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । वडाका ९५ घरमा चर्पी निर्माण सम्पन्न भएपछि गाबिसका सहयोगी कर्मचारी महेश अधिकारीले वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका हुन् ।
 टवलसिं राईको अध्यक्षता तथा सिर्जनसिल एकता युवा समुह दाल्फुका अध्यक्ष रसकुमार राईको प्रमुख आतिथ्यमा वडालाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो । 
च्यास्मीटार गाबिसलाई चैत्र–२७ गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम छ ।