
चैत्र–२५, खोटाङको उत्तरी गाबिस दुबेकोलमा विद्युत अवरुद्ध भएको छ । मंगलबार स्थानीयले ढालेको बाँसले विद्युतको पोल हिर्काएपछि आगो उठेको र त्यसपछि बिद्युत अवरुद्ध भएको हो । बिद्युत अवरुद्ध भएपछि दुबेकोल–१ का १२ घरपरिवार अन्धकार भएको स्थानीय सामुदायीक स्वयंसेबक निता भुजेलले जानकारी दिनुभयो । अहिलेसम्म विद्युत सुचारु गर्नकालागि विद्युत प्राधिकरणको टोली नगएको स्थानीयको गुनासो छ ।
यस्तै दुबेकोलस्थित गंगोद्धय माबिको बार्षिक परिक्षाको नतिजा सार्वजनिक गरिएको छ । नतिजा अनुशार कक्षा १ का भद्रबहादुर खड्का ७५.३० प्रतिशत अंक ल्याएर विद्यालय प्रथम हुनुभएको छ । यस्तै ७२.६ प्रतिशत अंककासाथ कक्षा ५ की साधना सुनुवार दोश्रो र ७२.५ प्रतिशत अंक ल्याएर कक्षा १ कै हर्कबहादुर खड्का तेश्रो हुनुभएको छ । विद्यालयले बैसाख १ गतेदेखि भर्ना सुरु गर्ने प्रअ रत्नबहादुर थापाले बताउनुभयो ।