
चैत्र–२६, खोटाङ सदरमुकाम दिक्तेलमा खरिदार पदको परिक्षाकालागि आयोजना गरिएको दुई महिने तयारी कक्षा सकिएको छ । गत फागुन–४ गते सुरु गरिएको खरिदार पदको तयारी कक्षा बिहिबार समापन गरिएको हो ।
जिल्लाका महिला, जनजाती, दलित र अपांगलाई लक्षीत गरी आदिबासी जनजाती समन्वय परिषद र अन्तरपार्टी महिला सञ्जालको आयोजना तथा किरात राई कर्मचारी मञ्चको व्यवस्थापनमा खरिदार पदको परिक्षाकालागि तयारी कक्षा सञ्चालन गरिएको हो । नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको कक्षामा लोकसेवा परिक्षाको तयारी गर्दा अपनाउनु पर्ने बिधि, परिक्षामा सोध्न सक्ने सम्भाबित प्रश्नहरु र पाठ्यक्रमका बारेमा जानकारी दिईएको अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष बिमला राईले बताउनु भयो ।
दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको तयारी कक्षामा ६५ जना भर्ना भएका थिए । जिल्लाका महिला, जनजाती, अपांग र दलित समुदायका परिक्षार्थीलाई उल्लेख्यमात्रामा लोकसेवा उत्तिर्ण गराउने उद्धेश्यकासाथ तयारी कक्षाको आयोजना गरिएको जनाइएको छ ।