उत्तम चौलागाई/खोटाङ, 
बैशाख–३, खोटाङमा आर्थिक अभावमा बिद्युत बन्द भएपछि स्थानियवासी बिद्युत बिहिन भएका छन् । ट्रान्सफर्मरको क्वायल जलेपछि डम्बर्खुशिवालयका स्थानिय तिन महिना देखि  बिद्युत बिहिन भएका हुन् । 
स्थानियबासीकै पहलमा २०६९ सालबाट संचालनमा ल्याइएको १८ किलोवाट क्षमताको बुवाखोला साना लघु जलबिधुत परियोजना ट्रान्सफर्मरको क्वायल जलेपछि फेर्न नसक्दा बन्द भएको हो । 
वैकल्पिक उर्जा तथा वातावरण शाखा खोटाङको ४३ लाख ९ हजार, जिल्ला विकास समितिको ३ लाख, गाउँ विकास समितिको १४ लाख र समुदायको २२ लाख गरि ६६ लाख ९ हजारमा लागतमा संचालनमा ल्याइएको बिद्युतको ट्रान्सफर्मरको क्वायल फेर्न नसक्दा ३ सय ७५ घरधुरि अन्धकारमा बस्न बाध्य भएको परियोजनाका अध्यक्ष बिदुरमान राईले बताउनु भयो  । 
ट्रान्सफर्मरको तिनओटा क्वायल जलेका कारण साढे चार लाख बराबरको क्षति भएकोले ट्रान्सफर्मर आर्थिक अभावले फेर्न  नसकिएको राइले बताउनु भयो । उहाँले भन्नुभयो “परियोजनामा रकम पनि छैन र यो बिषयमा कसैले चासो पनि दिएका छैनन् त्यसैले अन्धकारमा बस्न बाध्य छौ ।”