बैसाख–६, हङकङमा बसोबास गर्दै आएका सहयोगीबाट नेपाल सितोरियो कराते संघ खोटाङलाई एक थान ‘फोर इन वान’ प्रिन्टर प्राप्त भएको छ । 
हाल हङकङमा बसोबास गरिरहेका खोटाङ खार्ताम्छाका नवराज राईको संयोजकत्वमा सितोरियो कराते संघलाई प्रिन्टर, फ्याक्स, फोटोकपी र स्क्यानर सहितको एक थान प्रिन्टर प्राप्त भएको हो । हङकङबासी खोटाङ्गे र गैर–खोटाङ्गेबाट संकलन गरिएको रकमबाट सिरोरियो संघलाई ३५ हजारमा ‘फोर इन वान’ प्रिन्टर हस्तान्तरण गरिएको छ । 
हङकङबाट प्राप्त भएको प्रिन्टर थाप्दै नेपाल सितोरियो कराते संघका खेलाडीहरु ।
तस्बिरः हाम्रो खोटाङ डटकम
जिल्लामा ऐतिहासक ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सञ्चालनको तयारी गरिरहेको संघको दैनिक कामकाजमा सहजता दिलाउनका लागि जिल्लाका करातेका संस्थापक प्रशिक्षक समेत रहेका नवराजको पहलमा ‘फोर इन वान’ प्रिन्टर प्रदान गरिएको हो । 
लामो समयसम्म हङकङमा बसेर फर्किएका भोगेन एक्लेमार्फत आईतबार सितोरियो संघलाई प्रिन्टर हस्तान्तरण गरिएको छ । खोटाङ यातायात व्यवसायी संघका अध्यक्ष गणेशबिक्रम शाही, दिक्तेल नगरअधिकृत नारायण ढकाल र भोगेन एक्लेले संघका खेलाडीहरुलाई प्रिन्टर हस्तान्तरण गरेका थिए ।