बैशाख–९, नेकपा एमाले खोटाङको छैठौं अधिबेसनको सम्पूर्ण तयारी पूरा भएको छ । बिहिबार केन्द्रीय अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल लगायतको उपस्थितिमा उदघाटन गरिने अधिबेसनको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ ।
एमालेले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी ‘स्थायी शान्ति, साझा पहिचान सहितको संघीयता र अग्रगामी संबिधान, संबृद्ध खोटाङ र सशक्त एमाले निर्माणको लागि छैठौँ अधिबेसन’ भन्ने नारासहित उदघाटन हुने अधिबेसनको तयारी पूरा भएको जानकारी दिएको छ । एमाले खोटाङका अध्यक्ष बबी चामलीङले जिल्लामा सर्बसहमतीमा नेतृत्व चयन गर्ने एमालेको यसअघिको सँस्कारलाई यसपल्टको अधिबेसनमा पनि निरन्तरता दिइने बताए ।
यस्तै, एमाले सचिव राम दंगालले समेत सर्वसहमतीमा नेतृत्व चयन हुने बताएका छन् । स्थानीय हेलीप्याडमा आयोजना गरिने अधिबेसनमा हजारौं कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको सहभागीता रहने एमालेको दाबी छ । अधिबेसनको बन्दसत्रमा ५२५ जना प्रतिनिधिहरुको सहभागीता रहने जनाइएको छ । अधिबेसनले जिल्लालाई संबृद्ध र आत्मनिर्भर बनाउनकालागि बिशेष योजना तय गर्ने अध्यक्ष चामलीङले जनाए । एमालेको नयाँ अध्यक्षकालागि बर्तमान अध्यक्ष चामलीङ र सचिव दंगालको चर्चा छ ।
निर्वाचनका माध्यामबाट नेतृत्व चयन गरिए जिल्लामा पार्टी कमजोर हुने भन्दै सर्वसहमतीको बाटो अपनाउनुपर्ने शुभेच्छुक कार्यकर्ता पंक्तीको माग छ । निर्वाचनलाई प्रजातान्त्रिक विधि मानिए पनि नेतृत्व चयनमा निर्वाचन उपयुक्त नहुने एमाले डम्बर्खुशिवालयका सल्लाहकार यामकुमार राईले बताए । ‘पाँच वटा अधिबेसनले सर्वसहमतीमा नेतृत्व चयन गरेको हाम्रो इतिहास छ,’ राईले भने, ‘हामी पार्टी बिभाजन भएको शन्देश लिएर गाउँ फर्कन चाहन्नैँ ।’
अधिबेसनकालागि पोलिटव्यूरो सदस्य रामपृत पासवान, बैकल्पीक पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडा, केन्द्रीय सदस्य खगेन्द्र राई, सुमनराज प्याकुरेल, बैकल्पीक केन्द्रीय सदस्य बिशाल भट्टराई, राजन राई, सभाषद पिके राई, निर्वाचन आयोगका सदस्य गंगा नेपाल लगायतका नेताहरु दिक्तेल आइसकेका छन् ।