
बैशाख–१६, भूकम्पका कारण भएको क्षतीको बिबरण संकलनका लागि खोटाङमा ‘एकीकृत सुचना केन्द्र’ स्थापना गरिएको छ । भूकम्पले जिल्लामा पु¥याएको मानवीय तथा भौतिक क्षतीको यतार्थ बिबरण संकलनकालागि नेपाल रेडक्रस सोसाईटी, खोटाङ उद्योग बाणिज्य संघ, गैर–सरकारी संस्था महासंघ, खोटाङ यातायात व्यवसायी संघ र नेपाल पत्रकार महासंघको पहलमा ‘एकीकृत सुचना केन्द्र’ स्थापना गरिएको हो ।
भूकम्प गएको चार दिन बितिसक्दा समेत भूकम्पले पु¥याएको क्षतीको लगत संकलन नभइरहेको अवस्थामा जिल्लामा सुचना केन्द्र स्थापना गरिएको खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए । ‘खासमा भूकम्पले पु¥याएको क्षतीको विवरण संकलनकालागि सुचना केन्द्र स्थापना गरिएको हो,’ लयालुले भने, ‘तर यसलाई आगामी दिनमा आइपर्ने अन्य दैबीबिपतकाबेलामा समेत सुचना संकलनकालागि निरन्तरता दिइने छ ।’ भूकम्पको क्षतीको जानकारी दिनका लागि उद्योग बाणिज्य संघको ०३६–४२०११३ र रेडक्रसको ०३६–४२०२८२ नम्बरको टेलीफोन नम्बरमा फोन गर्न सबैमा आग्रह गरेको छ ।
खोटाङ उद्योग बाणिज्य संघको कार्यालयमा मंगलबार बसेको बैठकले सुचना केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । हालसम्म हरेक गाबिसमा भएको क्षतीको लगत संकलन हुन नसक्दा राहत बितरण र उद्धारमा समस्या उत्पन्न भइरहेको संघले जनाएको छ । उनीहरुले भूकम्पका कारण घाइते बनेकाको उपचार तथा बिस्थापितका लागि राहतको व्यवस्था मिलाउन अपिल गरेका छन् ।
भूकम्पले जिल्लामा मानवीय क्षती नभए पनि ठूलो मात्रामा भौतिक सम्पत्तीमा क्षती पुगेको छ । पछिल्लो जानकारी अनुशार भूकम्पका कारण जिल्लाका ४७ गाबिसका ५९८ घरका तीन हजार २३ सर्वसाधारण बिस्थापित भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताए । क्षतीको बिबरण आउनेक्रम अझै पनि जारी छ ।