बैशाख–१६, खोटाङका भूकम्प पिडितलाई राहत बितरण सुरु गरिएको छ । भूकम्पका कारण बिस्थापित भएको पाँच दिनपछि उनीहरुलाई पाल, कम्बल र राहत रकम वितरण सुरु गरिएको हो ।
जिल्ला दैवीप्रकोप उद्धार समितिले बुधबार नुनथलामा पुगेर राहत वितरण सुरु गरेको छ । भूकम्प पिडितलाई ‘क’ र ‘ख’ बर्गमा बर्गीकरण गरेर ‘क’ बर्गकालाई नगद पाँच हजार र ‘ख’ बर्गका पिडितलाई नगद तीन हजारका साथमा पाल र कम्बल वितरण सुरु गरिएको समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनु भयो । नेपाल रेडक्रस, बाणिज्य संघ, गैससमहासंघ, यातायात व्यवसायी संघ, सुरक्षा निकाय, राजनैतिक दल लगायतको समन्वयमा राहत वितरण सुरु गरिएको हो ।
नेपाली सेनाले खार्पा र ऐसेलुखर्क क्षेत्रमा पनि राहत वितरण गरिरहेको छ । समितिका अनुशार हालसम्म खोटाङका ६९८ घरका ४ हजार १७५ सर्वसाधारण बिस्थापित भएको जानकारी आएको छ । भूकम्पको क्षतीको बिबरण आउनेक्रम जारी छ ।
|
जिल्ला दैवीप्रकोप उद्धार समितिले बुधबार बाँडेको राहत लिन आएकी भूकम्पबाट बिस्थापित खोटाङ नुनथलाकी एक बृद्धा । |
|
भूकम्पबाट बिस्थापितलाई बितरण गरिने पाल, कम्बल मिलाउँदै जबरजङ गण मुढे दिक्तेलका नेपाली सेना । |
|
भूकम्प पिडित महिलालाई राहत रकम प्रदान गर्दै खोटाङका प्रमुख जिल्ला अधिकारी गाबिन्दसापकोटा । |
|
भूकम्प पिडितलाई पाल प्रदान गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका सभापति कुमारसिं बस्नेत । |
|
कम्बल प्रदान गर्दै जबरजं गणका प्रमुख सेनानी रामबहादुर थापा । |
|
राहतका लागि लाइनमा उभिएका भूकम्प पिडित । |
तस्बिरः हाम्रो खोटाङ डटकम