
बैशाख–३०, खोटाङमा कृषि सहकारी संघ गठन गरिएको छ । कृषि सहकारीमा आवद्ध पदाधिकारीको भेलाले धनप्रसाद भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कृषि सहकारी संघ गठन गरिएको हो ।
संघको उपाध्यक्षमा किशोर आचार्य, सचिवमा बम बानियाँ, सहसचिवमा महेश श्रेष्ठ र कोषाध्यक्षमा शान्ता राई चयन भएका छन् । कृषि सहकारीको छाता संगठनकारुपमा गठन गरिएको संघले सहकारीलाई संयोजन गर्दै आर्थिक उपार्जनका काम गर्ने अध्यक्ष भण्डारीले बताउनु भयो ।