बैशाख–३०, खोटाङको सावाकटहरे गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । गाबिसका सबै ५६५ घर परिवारमा पक्की शौचालयको निर्माण तथा प्रयोग सुरुभएपछि सावाकटहरेलाई बुधबार जिल्लाको ७० औं खुल्ला दिशामुक्त क्षेत्रकारुपमा घोषणा गरिएको हो । 
खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति सचिवालय संयोजक धनप्रसाद गिरीको प्रमुख आतिथ्य तथा गाबिस सचिव जानकी भट्टराईको सभापतित्वमा गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । 
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य प्रेमकुमार राई, राप्रपाका क्षेत्रीय अध्यक्ष ताराकुमार थापा, नेकपाका जिल्ला अध्यक्ष श्याम राई, नेपाल पत्रकार महासंघ शाखा खोटाङका सहसचिव एबं जेवाससिसिका सदस्य केदार मगर लगायतको उपस्थितिमा सावाकटहरेलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको सामाजिक परिचालक निर्मला राईले जानकारी दिनुभयो ।