
बैसाख–३१, खोटाङका एक भूकम्प पिडितले भूकम्प पिडितलाई नै राहत वितरण गरेका छन् । उत्तरी गाबिस फेदी–९ का भूकम्प पिडित धनकुमार राईले बिहिबार आफ्नो गाउँका भूकम्प पिडितलाई एक लाख ३० हजार बराबरको खाद्य सामग्री वितरण गर्नुभएको हो ।
‘पर्यटक पथप्रदर्शक’को काम गर्दैआएका राईले फेदी–९ का ७९ घरका भूकम्प पिडितलाई चामल, नुन, तेल, चाउचाउ लगायतका खाद्य सामग्री बाँड्नुभएको हो । उहाँले गाउँमै पु¥यएर प्रतिघर एक बोरा चामल, एक प्याकेट नुन, एक पोका तेल, पाँच÷पाँच प्याकेट चाउचाउ लगायतका खाद्य सामग्री बाँड्नुभएको छ ।
राई ट्याक्टरमा खाद्य सामग्री बोकेर गाउँ जानुभएको थियो ।
भूकम्पका कारण स्वयं राईको घर समेत ढलेको छ । राईले यसअघि सिन्धुपाल्चोकको सुनाखानीका भूकम्प पिडितलाई १ लाख ५० हजार बराबरको तथा नुवाकोटका बिदुर नगरपालिकाका बिस्थापितलाई ५६ हजार बराबरको खाद्य सामग्री बाँडिसक्नु भएको छ ।