काठमाडौँ । काठमाडौंवासी दुमि रंकासु सत्म रुसुकिमले धामीहरुले मनाउदै आएको चिवापा चिवामा पुर्णीमा अर्थात क्रिषितर्पणी पुर्णिमामा भव्यरुपमा मनाउने तयारी गरेको छ । खोटाङ जिल्लाको खाजावासमा (खार्मी,जालपा,वाक्सिला, सप्तेश्वर र माक्पा) बसोवास गर्दै आएका सम्पुर्ण दुमि किरात राईहरुको प्रतिनिधित्व गर्दै दुमी धामीहरु लिएर रुसुकिमको टोली साँखुमाथीको मणीचुड पोखरी जाने तयारीमा लागेको हो ।
आगामि भदौ १० गते पर्ने पुर्णिमाको अवसर पारेर चिवापा चिवामा (नाग नगेनी)को पुजा आराधाना गरिने प्रचलन अनुसार मणीचुड डाँडा जान लागेको रुसुकिमका अध्यक्ष प्रेमबहादुर राईले जानकारी दिए । किराती संस्कृतिमा नागेलुमको कथा जोडिएसँगै किरातीहरुले नाग नगेनीको पुजा अराधाना गर्दै आएको उनको भनाई रहेको छ ।
काठमाडौं खाल्डो बाट नजिकै रहेको मणिचुड पोखरी सम्म दुइजना दुमी धामीहरुलाई लिएर २०७२ साल देखि निरन्तर नुहाउन जाने गरेको रुुसुकिमका सचिव नविन राईको भनाइ छ । ऐतिहासिक तथा पर्यटकीय स्थलका रुपमा रहेको स्थानमा जानकालागि संस्थाले गाडी तथा खानपानको समेत ब्यवस्था गरेको छ । यस तिर्थयात्रामा जान आउनका लागि यातायात तथा सम्पुर्ण व्यवस्थापन गर्न संस्थाले प्रति व्यक्ती ८ सय रुपैँया सहयोग शुल्क तोकेको सचिव राईले जानकारी दिए ।