जेठ–४, सभाषद् द्वारा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको आर्थिक वर्ष २०७१/२०७२ को ३० लाखको वार्षिक योजना वाडफाँड प्रस्तुत गरिएको छ । सदरमुकाम दिक्तेलमा एक पत्रकार सम्मेलनको आयोजना गरि विपत व्यवस्थापन, जनचेतना अभिवृद्धी, स्वास्थ्य, शिक्षा र कृृर्षिलाई मुल प्राथमिकतामा राखेर खोेटाङ क्षेत्र नम्वर दुई र एकका सभाषद्द्वय बिशाल भट्टराई र पाँचकर्ण राई ( पिके ) ले आर्थिक वर्ष २०७१/२०७२ को योजना बाँडफाट प्रस्तुत गरेका हुन ।
क्षेत्र नम्वर दुई तर्फ दैविक विपतका लागी एक लाख, मदन भण्डारी पुस्तकालय स्थापनाका लागी तिन लाख, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रको पोष्टमार्टम घर स्थापनाको लागी ८० हजार, अलैचीको बेर्ना उत्पादनका लागी वोपुङलाई ५० हजार, श्री कृष्ण माध्यमिक बिद्यालय वर्रे , सिम्पानी भवनका लागी एक लाख, उत्तिसने खोला सिँचाई योजना साउनेचउरका लागी एक लाख ५० हजार, छापडाँडा खानेपानी खाल्लेका लागी एक लाख ७५ हजार, महेन्द्रदय माध्यमिक बिद्यालय याम्खा मर्मतका लागी ५० हजार, मनोकामना जनकल्याण उच्च माध्मीक विद्यालय निर्मलीडाँडाका लागी ५० हजार, टेम्माको देविस्थान मन्दिर जिर्णाेद्धारका लागी ७० हजार खहरेखोल्सी खानेपानी योजनाका लागी दुई लाख, सावित्रा निम्न माध्यमिक बिद्यालय पुङ्खानी, देविस्थान एक लाख २५ हजार र प्रशासनिक खर्चका लागी ५० हजार गरि जम्मा १५ लाख रकम सार्वजनीक गरीएको छ ।
त्यस्तै, क्षेत्र नम्वर एक तर्फ मदन भण्डारी पुस्तकालय स्थापनाका लागी चार लाख, सोल्मा सामुदायीक भवनका लागी दुई लाख, पोखरी निम्न माध्यमिक बिद्यालयका लागी दुई लाख, महिला तथा वालवालिका स्रोतकेन्द्रका लागी एक लाख, नुनथला कुभिण्डे ग्रामिण सडकका लागी एक लाख, खाम्ला ग्रामिण सडकका लागी एक लाख ५० हजार, महेश्वरी खानेपानी योजनाका लागी दुई लाख, दैविक विपतका लागी एक लाख र प्रशासनिक खर्चका लागी ५० हजार गरि जम्मा १५ लाख रुपौयाँ छुट्याईएको छ ।
क्षेत्र नम्वर दुईका सभाषद् विशाल भट्टराई र एकका सभाषद् पाँचकर्ण राई ( पिके ) ले वार्षिक योजना बाँडफाँड प्रस्तुत गरेका हुन् ।