खोटाङको दुर्छिममा निर्माण गरिएको होलेसुङ–जनकराज राई मार्ग उदघाटन गर्दै बृद्ध पुनबहादुर राई ।

सडक उदघाटन कार्यक्रममा बोल्दै प्रमुख चन्दादाता जनकराज राई । 

सडक निर्माणकाक्रममा पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याएका नेपाल पत्रकार महासंघ शाखालाई गरिएको सम्मान ग्रहण गर्दै महासंघका अध्यक्ष दमन राई (बायाँ) र हस्तान्तरण गर्दै एमाले नेता खडेन्द्र राई (दायाँ) ।

सडक उदघाटन कार्यक्रममा उपस्थित सहभागीहरु । 

होलेसुङ–जनकराज राई मार्गको अन्तिम बिन्दु दुर्छिमको बतासे घाट । 

 दुर्छिमस्थित होलेसुङ–जनकराज राई मार्गको बतासे घाटमा जीप चढ्ने तयारीमा स्थानीय । तस्बिरः हाम्रो खोटाङ डटकम
सडक निर्माणकालागि जनकराज राईले १५ लाख ५४ हजार २३७, दयन्द्रकुमार राईले ३ लाख चन्दा दिएका छन् । यसबाहेक गाबिस, जिबिस तथा गाबिसमा कार्यरत कर्मचारी, बिदेशी लाहुरे तथा बिदेशमा कार्यरत दुर्छिमका युवाले एक–एक महिनाको तलव दिएका छन् । दुर्छिमको छापडाँडास्थित बरभञ्ज्याङदेखि दुर्छिम–३ र ४ हुँदै सुनकोशी किनारको बतासेघाट पुग्ने ‘होलेसुङ–जनकमार्ग’ पूर्वी तराईदेखि पर्यटकीयस्थल हलेसी हुँदै सगरमाथा पुग्ने छोटो दुरीको ‘हाइ वे’ बन्ने निर्माण समितिका अध्यक्ष केवलनारायण राईले बताउनु भयो ।