जेठ–१४, तेजतिलासरी फाउण्डेशनले निम्न आर्थिकस्तर भएका खोटाङका २० भुकम्प पिडितलाई चामल बाँडेको छ । हाल हङकङमा बस्दै आएका खोटाङ नुनथला–२ का समाजसेबी तेजबहादुर राईले सञ्चालन गरिरहेको फाउण्डेसनले निम्न आर्थिकस्तर भएका २० भूकम्प पिडितलाई प्रतिपरिवार ५० केजीका दरले चामल बाँडेको हो ।
भूकम्पबाट घर बिहिन बनेकामध्ये सबैभन्दा निम्न आर्थिकस्तर भएका पिडितलाई छनौट गरी चामल बाँडिएको तेजतिलासरी फाउण्डेशनका सञ्चालक राईले बताउनुभयो । फाउण्डेशनले जिल्ला प्रशासन कार्यालयको समन्वयमा बिहिबार चामल निशुल्क बाँडेको हो । राईले दिक्तेलको त्रिबेणीचोकका एक पशलबाट चामल लैजानकालागि भूकम्प पिडितलाई कुपन हस्तान्तरण गरेका छन् । फाउण्डेसनमार्फत राईले नुनथलाका २६ भूकम्प पिडितलाई शनिबार १३८ बण्डल जस्ता बाँड्ने तयारी गरेका छन् ।