जेठ–१५, स्वीस सरकारबाट खोटाङका भूकम्प पिडितलाई ५ हजार बढि सेट पाल प्राप्त भएको छ । बैसाख–१२ गतेको महाभूकम्पपछि जिल्ला दैबीक प्रकोप उद्धार समितिको आग्रहमा स्वीस सरकार बिकास सहयोगबाट ५ हजार ५ सय सेट पाल प्राप्त भएको हो । भूकम्पबाट घर भत्किएर अलपत्र बनेका पिडितको सहयोगार्थ स्वीस सरकारबाट प्रतिपरिवार दुई÷दुई थान कम्बल, तीन÷तीन मिटर कपडा, एक÷एक सेट पियूष सहित एक÷एक थान पाल प्राप्त भएको हो ।
दुई चरणमा गरी ५ हजार बढि सेट पाल उपलव्ध गराइएको स्वीस सरकार बिकास सहयोगका सम्पर्क अधिकृत शुशिल श्रेष्ठले बताउनुभयो । स्वीस सरकारले भूकम्पले क्षतीग्रस्त विद्यालयका ५ सय वटा अस्थायी कोठा बनाउन पुग्ने ५ सय थान त्रिपाल हस्तान्तरण गरेको छ ।
खुल्ला चौंरमा राखेर पठनपाठन गराउनुपर्ने अवस्थामा पुगेका बिद्यालयलाई तत्काल आवश्यक पालहरु उपलव्ध गराउँदै अस्थायी सिकाई केन्द्र बनाएर पठनपाठन सुचारु गराउने तयारी गरिएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले बताउनुभयो । कार्यालयका अनुशार भूकम्पले ७३० कोठा भएका जिल्लाका १८३ विद्यालय पूर्णरुपमा ध्वस्त बनेको छ । भट्टराईका अनुशार भूकम्पले जिल्लाका विद्यालयका ३६१ कोठा कामै नलाग्ने भएकाले बैकल्पिक व्यवस्था मिलाएर कक्षा सञ्चालन गर्नुपर्ने अवस्था छ । यस्तै, १८४ विद्यालयमा अधिक र १८५ विद्यालयमा सामान्य क्षती पुगेको छ । २० वटा चर्पी भत्किएका छन् ।