जेठ–२३, विनाशकारी भूकम्पमा परि घर भत्किएका पीडित परिवारलाई दुधकोशी हाइड्रो पावर कम्पनीले पाल वितरण गरेको छ । एशोसियसन अफ युथ अर्गनाइजेशन इन नेपालको सहयोगमा कम्पनीले  जिल्लाको हौँचुर, कुभिण्डे, डुम्रेधारापानी, ज्यामिरे, दुवेकोल र माक्पा गाविसमा पाल वितरण गरेको हो । 
भूकम्पका कारण विचल्लीमा परेका पीडित परिवारलाई खाना भन्दा तत्कालको लागि छानाको व्यवस्था गर्नु अपरिहार्य भएकाले काठमाडौँदेखि पाल ल्याएर वितरण गरिएको हाइड्रो पावर कम्पनीका प्रमुख प्रेम लामाले जानकारी दिनुभयो । नेपाली कांग्रेस खोटाङका महासमिति सदस्य सुवास पोख्रेल, एमाओवादीका राज्यसमिति सदस्य सुरेश राई लगायत राजनीतिक दलहरुको उपस्थितिमा पाल वितरण गरिएको हो । 
भूकम्पले क्षति पु¥याएको तर हालसम्म पाल पाउन नसकेका सर्वसाधरणलाई पाल वितरण गरिएको लामाको भनाइ छ । उहाँले भन्नुभयो, “यस पटक पाँच गाविसकालाई दुई सय ५० थान पाल वितरण गरियो, बाँकीलाई फेरि ल्याएर वितरण गर्ने तयारीमा छौं ।”
हाइड्रो पावर कम्पनीले स्थानीय रावाखोलाको हौँचुर गाविसमा छ दशमलव पाँच मेगावाट क्षमताको विद्युत उत्पादन आयोजना निर्माणको प्रक्रिया थालेको छ ।