जेठ–२६, अधिक रक्तश्रावका कारण खोटाङमा सुत्केरी महिलाको ज्यान गएको छ । मंगलबार दिउँसो घरैमा पाँचौं बच्चा जन्माएकी पश्चिमी गाबिस डिकुवा–६ की २८ वर्षीय सिता खत्री राईको ज्यान गएको हो । कमजोर शारीरिक अवस्था भएकी सिताको अधिक रक्तश्रावका कारण मृत्यु भएको स्थानीय सामाजिक स्वयंसेवक रुपा राईले जानकारी दिईन् ।
दुई छोरा र दुई छोरीकी आमा बनिसकेकी राईको बच्चा जन्मिएलगत्तै ज्यान गएको आफन्तले बताएका छन् । बच्चा जन्माएपछि बेहोस बनेर ढलेका राईको तत्कालै ज्यान गएको आफन्तको भनाई छ । उनको मृत्यु भएपछि नवजात शिशुलाई अन्य आमाको दुध चुसाएर बचाउने प्रयास भइरहेको सामाजिक स्वयंसेवक राईले बताईन् ।
सिताकी श्रीमान बैदेसिक रोजगारीका सिलसिलामा कतारमा छन् । उता सुत्केरी श्रीमतीको मृत्युको खबरले बिदेशमा श्रीमान पनि बेहोस बनेका छन् । मृतक श्रीमतीको लाश हेर्ने श्रीमानको आग्रहमा बुधबारका दिनसम्म सदगद नगर्ने तयारी गरिएको स्थानीयले बताएका छन् ।