काठमाडौं ४ भदौं । खोटाङ साकेला गाउँपालिका वडा नम्बर १ का शिवराम गुरुङ भेटिएका छन् । २१ साउनमा काठमाडौंको भिमसेनगोलाबाट हराईरहेका उनी १२ औं दिनमा फेला परेका हुन् ।
खोटाङबाट उपचारका लागि काठमाडौं ल्याइएका  १६ वर्षिया उनी हराएपछि परिवारमा चिन्ता थपिएको थियो ।
उनी हराएकोबारे फोटोसहित समाचार सार्वजनिक भएपछि एक व्यक्तिले शिवरामको बारेमा जानकारी दिएपछि उक्त व्यक्तिको सुचनाको आधारमा उनका परिवारले खोजी गर्दा उनी फेला परेको उनको दाजु बलराम गुरुङले जानकारी दिए । 
शिवराम फेलापरे सँगै उनको परिवारमा खुसी छाएको छ भने शिवरामको उपचारमा परिवार लागेको छ ।