
खोटाङ, जेठ ३१ । खोटाङमा लोकसेवा आयोगले लिएको नायब सुब्बाको परिक्षामा परिक्षार्थीको सहभागीदर घटेको पाइएको छ ।
भूकम्पको अशरका कारण लोकसेवाको परिक्षार्थी दर घटेको पाइएको लोकसेवा आयोगको सगरमाथा अञ्चल कार्यालय दिक्तेलले जनाएको छ । गत बर्ष ६४ प्रतिसत परिक्षार्थीको सहभागीता रहेको नासु पदको परिक्षामा यस बर्ष ५९ प्रतिसतको मात्र सहभागीता रहेको कार्यालय प्रमुख नारायणप्रसाद कोईरालाले बताए । शुक्रबार र शनिबार सञ्चालन भएको नायब सुव्वाको परिक्षामा तीन सय ८६ परिक्षार्थी अनुपस्थित भएका छन् ।
भूकम्पमा घर बिहीन भएको, आफन्त गुमाएको लगायतका कारण लोकसेवाका परिक्षार्थी अनुपस्थित भएको कार्यालयले जनाएको छ । कतिपय घर टाढा भएका परिक्षार्थी यसपल्टको परिक्षामा अनुपस्थित बनेका छन् । दिक्तेल परिक्षा केन्द्रकालागि नौ सय ५२ जनाको आबेदन परेपनि भुकम्पको असरका कारण पाँच सय ६६ जनाले मात्र परिक्षा दिएका छन् । पछिल्लो समय निजामती सेवाप्रति युवापुस्ताको आकर्षण बढ्दो छ । लोकसेवामै नाम निकाल्नकालागि वर्षौँसम्म अध्यायन गर्नेहरु बढेका छन् ।