
खोटाङ, असार २ । पार्टी एकीकरण भएकोमा संघीय समाजबादी फोरम नेपाल खोटाङले खुसीयाली मनाएको छ ।
फोरम, संघीय समाजबादी र खस समाबेसी पार्टी एकीकरण भएको तीन दिनपछि पार्टीले जिल्लास्थित सरकारी कार्यालय, पार्टी, पत्रकार लगायतलाई फूलको थुंगो बाँडेर खुसीयाली मनाएको हो ।
![]() |
फूलको थुंगो लिएपछि प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटा (बायाँ) र संघीय समाजबादीका जिल्ला अध्यक्ष सुर्यबहादुर राई ।
|
उसले सबैलाई सम्बन्धित कार्यालयमा पुगेर तीन/तीन थुंगा फूलको झुप्पा दिएर सुखीयाली मनाएको हो । नयाँ पार्टीको नाम, झण्डा, लोगो र चुनाव चिन्हका बिषयमा जानकारी गराउँदै खुसीयाली मनाइएको संघीय समाजबादी पार्टीका किरात प्रदेश समिति सदस्य एबं युवा बिभाग प्रमुख नबीन राईले बताए । ‘संघीय पक्षधरको एकीकरणले संघीय पक्षधरहरुलाई खुसी लाग्नु अनौठो होइन,’ राईले भने, ‘नयाँ पार्टीको नाम, चिन्ह लगायतका विषयमा हुने कन्फयूजन हटाउनकालागि सबैलाई जानकारी गराइएको हो ।’
नयाँ पार्टीले हरेक झुप्पामा बाँधिएको फूलको थुंगाले तीन पार्टीको एकीकरण तथा हिमाल, पहाड तराईको मेलकारुपमा व्यख्या गरेको छ ।