खोटाङ, असार २ । खोटाङको दिक्तेल इंलिस बोर्डिङ स्कुल दिक्तेलले खेलाडीलाई सम्मान गरेको छ । राष्ट्रपतिकप रनिङ शिल्डको राष्ट्रिय प्रतियोगीताका लागि छानिएका सितोरियो कराते खेलाडी रोसन गुरुङलाई विद्यालयले मंगलबार सम्मान गरेको हो । 
पोखरामा आगामी असार–५ देखि ७ गतेसम्म सञ्चालन हुने राष्ट्रपतिकपको राष्ट्रिय प्रतियोगीतामा सफलताको कामना गर्दै खेलाडीलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।
              खेलाडी सम्मान कार्यक्रममा सहभागीहरु ।
सोही बिद्यालयका विद्यार्थी रहेका खेलाडी गुरुङलाई विद्यालयले दश हजार र प्रशंसापत्रकासाथमा सम्मान गरेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए । 
दिक्तेल इंलिस बोर्डिङ स्कुलमा अध्यायनरत रोसन ४२ केजी समुहमा सुनसरीमा आयोजन गरिएको क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताबाट रितोरियो करातेतर्फ राष्ट्रिय प्रतियोगीताका लागि छानिएका हुन् । यसअघि सरस्वती माबि दिक्तेलले पनि राष्ट्रपतिकप रनिङ शिल्डको राष्ट्रिय प्रतियोगीताकालागि छानिएका रितोरियो कराते खेलाडी विद्याकला राई र अर्जुन श्रेष्ठलाई सम्मान गरेको थियो । उनीहरुलाई विद्यालयले जनही पाँच हजार र प्रशंसापत्रकासाथमा सम्मान गरेको हो । क्षेत्रीय प्रतियोगीतामा दिक्तेल इंलिस बोर्डिङ स्कुलकी जस्मिना राईले पनि प्रतिष्पर्धा गरेकी थिइन् । क्षेत्रीय प्रतियोगीताबाट उनीहरुले सितोरियो करातेतर्फ जिल्लालाई तीन स्वर्ण, दुई कास्या र तीन रजत पदक दिलाएका थिए । 
यसपल्टको क्षेत्रीय प्रतियोगीतामा खोटाङले महिला र पुरुषतर्फ क्षेत्रमै समुह प्रथम स्थान हासिल गरेको नेपाल सितोरियो कराते संघका उपाध्यक्ष मिलन कसजुले जनाए ।