खोटाङ, ४ असार । को दिक्तेल नगरपालिकालाई असार–१८ गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरिएको छ ।
नगर कार्यालयमा शुक्रबार बसेको नगरस्तरिय सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकले असार–१८ गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । खुल्ला दिशामुक्त क्षेत्र घोषणाकालागि नगरपालिकाको नेतृत्वमा सर्वदलीय–सर्वपक्षीय समन्वय समिति गठन गरिएको छ ।
समन्वय समितिले हालसम्म चर्पी नबनाएका घरमा पुगेर चर्पी निर्माणकालागि आव्हान गर्ने नगरपालिकाका कार्यकारी अधिकृत नारायण ढकालले बताए । चर्पी बनाउन आलटाल गर्दै खुल्ला दिशामुक्त घोषणा अभियानमा बेवास्ता गर्नेलाई बिद्युत, खानेपानी लगायतका सेवासुबिधाबाट बञ्चित गराइने नगरपालिकाले जनाएको छ ।
जिल्लाका ७२ गाबिस खुल्ला दिशामुक्त घोषणा भइसकेपनि नगरपालिका खुल्ला दिशामुक्त घोषणा हुन सकेको छैन । नगरपालिकाका २७ घरमा अझैपनि व्यवस्थित चर्पी निर्माण हुन नसकेका कारण खुल्ला दिशामुक्त घोषणामा ढिलाइ भएको कार्यकारी अधिकृत ढकालले जनाए ।