

श्री मावि बासवोटे मझुवा लफ्याङमा असार ४ गते सो कार्यक्रम सम्पन्न भएको हो । तेस्रो चरणको कार्यक्रममा विद्यार्थीहरुलाई दोस्रो चरणको कार्यक्रममा दिईएको बैदेशिक रोजगारीमा गएका परिवारको घरधुरीसर्वेक्षण फारम संकलन गरी त्यसलाई विश्लेषण गरीएको थियो ।
विश्लेषणबाट प्राप्त नतिजाको वारेमा विद्यार्थीहरुसँग छलफल गरीएको थियो । फारम बिश्लेषण गर्दा नेपाल सरकारले तोके भन्दा बढी रकम तिर्ने,बिना सीप तालिम बिदेश जाने,आफु तिरेको रकमको रसिद भर्पाई नमाग्ने,आफ्नो कागजपत्रको फोटोकपी नछोड्नेहरुलाई सरकारले तोकेको रकम तिर्न, तिरेको रकमको बिल भर्पाई माग्न, सीप सिकेर मात्र बिदेश जान र आफ्ना सम्पूर्ण कागजपत्रको फोटोकपी छोड्नलाई आग्रह गर्नुपर्ने कुरा बिद्यार्थीहरुलाई बताईएको थियो ।
सोही अवसरमा विद्यार्थीहरुलाई बैदेशिक रोजगारी सम्बन्धि चेतना मुलक भिडियो पनि देखाईएर त्यस सम्वन्धि छलफल गरीएको थियो । साथै विद्यार्थीहरुलाई महिला कामदारहरुलाई खाडी देशहरुमा घरेलु कामदारको रुपमा जानको प्रतिवन्ध लगाईएको कुरा बताईएको थियो ।
सोही कार्यक्रममा बिद्यार्थीहरुलाई बैदेशिक रोजगारीमा सीप र सुचनाको महत्व बिषयके निबन्ध लेखन प्रतियोगीतामा प्रथम, दोस्रो ,तेस्रो, चौथो र पाँचौलाई पुरस्कार प्रदान गरीएको थियो,भने अन्य सहभागीलाई मायाको चिनो प्रदान गरीएको थियो । निबन्ध लेखन प्रतियोगीतामा १३ जना सहभागी मध्ये,प्रथम शशिकला राई,दोस्रो बिदुर अधिकारी,तेस्रो सबिना पौडेल,,चौथा ध्रुव ढुगांनाई र पाँचौ किसान राई हुनु भएको थियो ।
पुरस्कृत तथा सहभागीहरुलाई सोही विद्यालयका सहायक प्रध्यानाध्यापक पूर्ण कुमार राई र अतिरिक्तकृयाकला प्रमुख रविन सुनुवार पुरस्कार वितरण गर्नुभएको थियो । सुरक्षित आप्रवासन परियोजना(सामी) तर्फबाट सम्पूर्ण विद्यालयलाई मायाको चिनो स्वरुपा प्रति विद्यालय तीन थान पुस्तक हस्तान्तरण गरीएको थियो । कार्यक्रममा परियोजनाको तर्फवाट कार्यक्रम अधिकृत रमेश राई र मनोसामाजिक परामर्शकर्ता सरतिा राजभण्डारीको सहभागीता रहेको थियो । परियोजनाले चारवटा उच्च माविमा दुई दुई पटक र पाँच वटा माविमा तीन तीन पटक कार्यक्रम गरेको थियो ।