खोटाङ ११ असार । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले जिल्लाका ११ विद्यालयलाई सरसफाई सम्वन्धी सामग्री प्रदान गरेको छ ।

बिद्यालयलाई सामग्री हस्तान्तरण गर्दै रेडक्रस शाखाका मन्त्री भीमबहादुर सैंजू र कार्यक्रम संयोजक किरण श्रेष्ठ । तस्बिर :रेडक्रस

विद्यालयको वाताबरणीय स्वच्छता तथा शिक्षकबिद्यार्थीको स्वस्थ स्वास्थ्यकालागि रेडक्रस शाखाले निर्मलीडाँडा र च्यानडाँडाका ११ विद्यालयलाई सरसफाईसँग सम्वन्धीत सामग्री प्रदान गरेको हो ।
बिद्यालयलाई दिक्तेलस्थित कार्यालयबाट सरसफाई टेबुल, सन्देशमूलक सूचनापाटी, बाल्टिन, जग, ट्वाईलेट ब्रस, ऐना, तौलिया, काईयो, नेलकटर हस्तान्तरण गरिएको रेडक्रसले जनाएको छ । रेडक्रस शाखाका मन्त्री भीमबहादुर शैंजूले बिहिबार एक कार्यक्रमकाबीच एक लाख तीन हजार बराबरको सरसफाई सामग्री बिद्यालयलाई हस्तान्तरण गरेका छन् ।

यूनिसेफ क्षेत्रीय कार्यालय विराटनगरको आर्थिक सहयोगमा सञ्चालित ‘समता र दिगोपनाको सूनिश्चितता सहितको खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम’ अन्तर्गत विद्यालयलाई सरसफाई सामग्री प्रदान गरिएको सरसफाई कार्यक्रम संयोजक किरण श्रेष्ठले जानकारी दिए ।