खोटाङ १२ असार । जिल्लाका १०३ जनाको रक्त समुह पहिचान गरिएको छ । जिल्ला अस्पतालमा उपचार गराउने क्रममा बिरामीलाई आवश्यक पर्ने रगत तत्काल जुटाउनका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, जनस्वास्थ कार्यालय र खोटाङ उद्योग वाणिज्य संघको आयोजनामा रक्त समुह पहिचान गरिएको हो ।

दिक्तेल नगरपालिकाको भानुचोकमा आयोजना गरिएको रक्त परिक्षण कार्यक्रममा ६९ जना पुरुष र ३४ जना महिलाले रक्त परिक्षण गर्दै ब्लड ग्रुप पहिचान गरिएको रेडक्रसका वाश संयोजक किरण श्रेष्ठले जानकारी दिएका छन् । कार्यक्रममा ४० जनाको ए पोजेटिभ, २९ जनाको बि पोजेटिभ, २९ जनाको ओ पोजेटिभ र ४ जनाको एबि पोजेटिभ रगत भएको पहिचान गरिएको रेडक्रस शाखाका सभापति कुमारसिं बस्नेतले बताए । 
अस्पतालका बिरामीलाई रगत जुटाउनकालागि २०६१ सालमा गरिएको रक्त परिक्षणको तथ्यांकलाई अद्याबधिक गर्दै नयाँ तथ्यांक राख्नकालागि ब्लड ग्रुप छुट्याउने काम गरिएको रेडक्रसले जनाएको छ । 
जिल्ला अस्पतालमा बिरामीहरुको शल्यक्रीय भईरहने र रगतको खाँचो परिरहने भएको तत्काल रगत 
जुटाउनका लागि रेडक्रसले रक्त समुह पहिचान गरी बिरामीलाई रगत दानको व्यवस्था मिलाउने गरेको छ ।
बिरामीलाई रगत आवश्यकता परेको समयमा उक्त रक्त समुहका व्यक्तीहरुलाई बोलाएर रगत जुटाइने सभापति बस्नेतले जनाए । ‘तत्काल रगतको व्यवस्था गर्दै विरामीको ज्यान बचाउन सकियोस भनेर रक्त समुह पहिचान गरेका हौँ,’ सभापति बस्नेतले भने, ‘बिरामीलाई आवश्यकता परेको समयमा उहाँहरलाई रक्तदानकालागि आग्रह गरेर रगत जुटाउँछौँ ।’ जिल्ला अस्पतालका ल्याव टेक्निसियन बेदना कार्की, ल्याब असिस्टेन्ट शेखर अधिकारी र सहयोगी हेमलाल घिमिरेले रक्त समूहको परिक्षण गरेका थिए । रेडक्रसले असार–१६ त्रिबेणीचोक र र १९ गते पुरानो बेश क्याम्पमा पनि रक्त समुह परिक्षणका कार्यक्रम गरिने जनाएको छ ।