
काठमाडौं । नेपाली संगीत क्षेत्रमा उदयीमान गायक जीविहाङ राई र फरक स्वरकी धनी गायीका सुनिता राईको स्वरमा नया गीत ‘समुन्द्रवारी’ भर्खरै युट्युबमा सार्वजनिक भएको छ । दुख सुखको समिश्रण रहेको गीतको शब्द इन्द्र दुमी राईले लेखेका हुन् ।
आम नेपाली यूवाहरुको वैदिशिक रोजगारमा जानुको पिडा र भोगाइलाई शब्दमा उतारेका गीतकार राईको गीतमा गीतकार स्वयं राईले संगीत भरेका छन् । राजु कार्कीको एरेन्ज तथा मिक्सिङमा रहेको गीतको भावमा पररदेशीएको युवाको पिडा पोखीएको छ । परदेशमा बसेर गाउँमा भएकी आफ्नो प्रियसीको यादमा रुमालिएको एउटा अमुक कथा गीतमा समेटिएको छ ।
माइतीको श्रेय पाएकी गायीका सुनीताको पछिल्लो स्वरमा आएको यो गीतमा स्थानीयपन झल्किएको छ । जुन स्वरमा आफ्नै रस छ । तीनै गायीका हुन जस्ले संगीतमा निकै लामै संघर्षको बाटो रोजेकी छन् पारिवारीक रुपमा ।
इन्द्र आफैमा अदेखा कुशल शब्द खेलाडि हुन् । बाहिर देखा पर्न नचाहाने उनी मनको कुरा मनमै थन्काएर बेला बेला पोखाउने गर्छन । उनको कला आफैमा अनौठो छ । उनले यस्तो अवसर जुटाए । यो गीतको लिप्सिङ भिडियो बनाउँदा श्रीमतीलाईसँगै राखे । हो यो हो महानाता ।